काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चमा गभर्नर डा पौडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर भएको रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका बारेमा छलफलका लागि बोलाएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले डा. पौडेललाई नियुक्ति गर्नुको कारण सरकारसँग माग गरेको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले गत शुक्रबार सर्वोच्चमा पेस गरेको रिट मंगलबार दर्ता भएको छ ।
रिटमा नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वका, राष्ट्रलाई नै असर पर्नेगरी गभर्नरको हैसियतमा कुनै दूरगामी कार्य नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।
FACEBOOK COMMENTS