काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् ।
निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो ।
उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो ।
ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो ।
पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।

FACEBOOK COMMENTS