काठमाडौं । आज साेमबार पनि सर्वोच्च अदालतका १४ न्यायाधीशको छलफल जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका एक प्रवक्ताले जानकारी दिएका छन् ।
आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि न्यायाधीशहरुको छलफलपछि फुलकोर्ट बैठक बस्ने–नबस्नेलगायत थप निर्णय हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीश असन्तुष्ट बनेका थिए ।
FACEBOOK COMMENTS