काठमाडौँ । सर्वोच्च अदालतले चुनाव र होलीको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकिएको छ ।
सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि तीन जना न्यायाधीशलाई तोकिएको छ ।
फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेलले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला राखिनेछ ।
FACEBOOK COMMENTS