काठमाडौं । सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भदौ २४ गते भएको आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।
उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
FACEBOOK COMMENTS