काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुर कृष्ण वैद्यले घर घरबाट चलेको अनलाइन विजनेस कम गर्ने निति नियम ल्याउनु पर्ने बताएका छन् ।
शुक्रबार एनसीआईसीके डिजिटल एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले यश मेलाले व्यापार मात्र नभई दशैभरिका संघहरूलाई चलायमान बनाउने बताएका हुन् ।
‘अनलाईन व्यापार प्रर्वधन गर्न सरकारले पहल कदम चलानु पर्छ । घर घरमा अनलाइन विजनेश चलेको छ यसलाई कम गर्ने निति नियम ल्याउनु पर्छ ।’ उनले भने, ‘ यसले गर्दा राजश्वमा चुवावट आईरहेको छ । मेला सञ्चालन जो कोहिले गरिरहेको छ । यसलाई कम गर्न संघ संस्थाले मात्र गर्न पाउँनु पर्ने व्यवस्था गर्नुपर्छ ।’
विभिन्न संघ संस्थाले मेला सञ्चालन गर्न सकिरहेको छैन, यसको सहजता नै अहिलेको डिजिटल मेला रहेको उनले बताए ।
FACEBOOK COMMENTS