काठमाडौं । शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले सुरज सिंह ठकुरीलाई आफ्नो बोर्डमा बोर्ड एम्बेसडर नियुक्त गरेको छ ।
राजधानीमा शनिबार आयोजित विशेष कार्यक्रममा सो संस्थाले ठकेरीलाई बोर्ड एम्बेसडर नियुक्त गरेको हो ।
‘जेन्युन सिन्स २०१४’ के नारा बोकेको शुभगृहले विद्यार्थीरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिई आफे सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीमा आबद्ध हुन पाउँदा धेरै खुसी लागेको बताए । उनले विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर रहेको बताए ।
‘शिक्षा वा सामान्य जीवनमा सफल हुनका लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ, यदि तपाईंले यसलाई लगनशिलता र वास्तविकतासँग जोड्नु भयो भने कुनै पनि कुार असम्भव छैन, अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पु¥याइरहेको छ ।’
शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले ठकुरीलाई ब्रान्ड एम्बेसडरको रुपमा स्वागत गर्न पाउँदा आफूहरुलाई धेरै खुसी लागेको बताए । उनले भने, ‘लक्ष्यप्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्णरुपमा बुझेका छन्, उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।’
शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक थापाको थप भनाइ थियो, ‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन्, संसारमा मान्यताप्राप्त उच्च शिक्षा शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरका लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्ने छ भन्ने मेरो अनुमान छ । शुभगृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।’
शुभगृह अेष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्धत गर्नमा महत्वपूर्र्ण भूमिका खेल्दै आएको छ । यो संस्थाले सही मार्गदर्शन प्रदान गरेवापत धेरै अन्तर्राष्ट्रिय कलेजबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।
FACEBOOK COMMENTS