काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि आगामी २५ गते निर्वाचन कार्यक्रम तय गरिएको छ । तर, उम्मेदवारी दिने अन्तिम समय आज बिहीबार मध्याह्न १२ बजेसम्म उप्रेतीबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी एसटीसी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् ।
नाडाको ४९औँ वार्षिक साधरण सभा भने गएको ९ गते नै सम्पन्न भइसकेको छ ।
FACEBOOK COMMENTS