काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान श्रेष्ठलाई सम्मान गरेको छ ।
हिजो बिहीबार एक कार्यक्रमको आयोजना गरी संघले महासंघका अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठलाई बधाई तथा शुभकामना ज्ञापन गर्न संघले छायाँ सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
केही समयअघि महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएपछि संघका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठलाई महासंघको अध्यक्ष पदमा निर्विरोध चयन गरिएको थियो । श्रेष्ठ मेरिगोल्ड ज्वेलर्सका सञ्चालक हुन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंघसहित अन्य विभिन्न संस्था र व्यक्तिले अध्यक्ष श्रेष्ठलाई बधाई तथा सम्मान गरेको संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सो अवसरमा संघको १०औं कार्यसमिति बैठक समेत सम्पन्न गरिएको छ ।
FACEBOOK COMMENTS