काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६–०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १३.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १२.७० र नगद करसहित ०.६६ प्रतिशत रहेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS