काठमाडौं । हरेक पवित्र अवसरलाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आकर्षक प्याकेजिङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रूपैयाँ कायम गरेको छ ।
यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको सम्मिश्रण छ र सम्भवतः पहिलो पटक यस किसिमको नयाँ सुवास सबैमाझ उपलब्ध हुनेछ । यो अद्वितीय सुवासले हरपल पवित्र बनाई सुवासको अलग्गै नयाँ अनुभव दिनेछ ।
यस अगरबत्ती हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै यसबाट पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिनेछ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पूजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस उत्पादनले प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्रीलगायतका विभिन्न ब्राण्डहरू बजारमा सर्वत्र उपलब्ध छन् ।
FACEBOOK COMMENTS