काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१(२२ अन्तर्गतको छैटौं इभेन्ट सुर्य नेपाल च्यालेन्जको बुधवार भएको दोस्रो चरणको खेलमा सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिएका छन्।
खेल रोयल नेपाल गल्फ क्लबको पार-६८ मा भएको थियो।
सञ्जयले आज ६- अण्डर ६२ को स्कोर बनाए भने भुवनले लगातार दोस्रो पटक ४-अन्डर ६८ खेल्दै ३६ होलमा ८-अन्डर १२८ को कुल स्कोर बनाए।
सूर्यप्रसाद शर्मा आज ४अन्डर ६८ खेल्दै ७-अन्डर १२९ को कुल स्कोर बनाएर शीर्ष खेलाडीहरू भन्दा एक शट पछाडि रहेका छन्। दिपक मगरले आज २(अन्डर ६६ बनाएर ६(अन्डर १३० को कुल स्कोरमा एक स्ट्रोक पछाडि रहेका छन्।
भुवन नगरकोटी र अघिल्लो चरणका लिडर रवि खड्का ५- अन्डर १३१ मा रहेका छन्। भुवनले २-अन्डर ६६ र रविले १-ओभर ६९ खेलेका थिए। दिनेश प्रजापति, निरज तामाङ र एमेच्योर सुवास तामाङ ३-अन्डर १३३ मा रहेका छन्। दिनेशले ४-अन्डर ६४ को स्कोर खेले भने निरज र सुवासले १-अण्डर ६७ को स्कोर बनाए।
जयराम श्रेष्ठ र धनबहादुर थापा १- अन्डर १३५ मा रहे। जयरामले आज ३-अन्डर ६५ को राउण्ड खेले भने धनले २-अन्डर ६६ को पारि खेले। सञ्जयले आफ्नो अगाडिको नौ मध्ये पहिलो र चौथो होल बोगी-फ्री राख्दै बर्डीज स्कोर गरी २-अन्डर ३२ को स्कोर राखे। उनले दोस्रो हाफमा १२औं, १३औं, १६औं र १८औं होलमा बर्डीजको मद्दतमा ४-अन्डर ३० को स्कोर बनाए।
आफ्नो पहिलो दुई होल बर्डीजबाट सुरुवात गरेका भुवनले चौथो र पाँचौं होलमा पनि बर्डी थपे। तर त्यसपछि छैटौं र सातौं होलमा शट ड्रप गरेका उनले आठौं होलमा बर्डी थप्दै ३-अन्डर ३३ स्कोर बनाए। उनले पछिल्लो नौ होल खेल्ने क्रममा ११औं होलमा भएको बोगीका विरुद्ध १४औं र १८औं होलमा बर्डी हान्दै १-अन्डर ३३ को स्कोर कायम गरे।
FACEBOOK COMMENTS