काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब परम्परागत शैलीमा बीमा व्यवसाय नचल्ने बताएका छज् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले बीमाको दायरा बढाउन व्यवसायको शैली परिवर्तन गर्नुपर्ने, सबै सरकारी निकायले बीमा गर्नुपर्ने बताए । अब वडा कार्यालयदेखि सिंहदरबारसम्मको बिमा गर्न आश्यक रहेको बताए । सरकारले सबैको बीमा गर्ने हो भने बीमा क्षेत्रमा सबैको विश्वास बढने उनको भनाइ छ । उनले छोटो अवधिमा दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार हुनु महत्वपूर्ण विषय भएको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्र सुधारका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए ।
यतिबेला सबै क्षेत्रमा सकारात्मक बहस थाल्नुपर्ने र त्यसले अर्थतन्त्र सकारात्मक दिशामा जान प्रेरणा मिल्ने उनको भनाइ छ । ‘अहिले करिब २५ प्रतिशत विप्रेषण ।बढेको छ, निक्षेप बढेको छ, ब्याजदर घटेको छ, राष्ट्र बैंकको पछिल्लो नीतिले ब्याजदर थप घट्दै जानेछ,’ उनले भने, ‘यसले पनि निजी क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गर्ने वातावरण बनिरहेको छ ।’
बिमा क्षेत्रमा समयमा दाबी भुक्तानी नहुने गुनासा सुनिने भन्दै उनले त्यस्ता गुनासा नआउने गरी काम गर्न सुझाव दिए । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सुरु गरेको २ महिनामा मर्जरको काम सकिएको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले विश्वासिलो र उत्कृष्ट सेवा दिन सुझाव दिए । मर्जर सफल भए पनि पछि दिने सेवाले खास अर्थ राख्ने भन्दै प्रभावकारी सेवा दिन उनले आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसाय खस्किन नदिन आग्रह गरे । त्यस्तै नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सुझाव दिए । सेवाग्राहीलाई राम्रो सेवा दिए, सेवाग्राहीले राम्रो सेवा पाए भने व्यवसाय पनि बढ्ने उनको भनाइ छ ।
जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले बिमा कम्पनी मर्जर भएसँगै सफलतापूर्वक चलाउन आवश्यक रहेको तर्क गरे ।
FACEBOOK COMMENTS