Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् ।
आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।
‘म तपाईँहरुलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’– उनले भने ।
साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए ।
त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको नेता थापाको भनाइ छ । उनले अनुसन्धान अधिकारीको सहमतिको राहदानी विभागले जिबीको पासपोर्ट रोक्का गरेको बताए । थापाले सरकार जिबीलाई नेपाल ल्याउने प्रक्रियामा लागिरहेको पनि बताए ।
‘पहिले सहकारी ठगी वा ठगीको विषयमा मात्रै राहदानी रद्द हुने विषय थिएन । अहिले संगठित अपराधमा पनि मुद्दा अगाडि बढिसकेपछि अनुसन्धान गर्ने अनुसन्धान अधिकारीको सहमतिमा अहिले उनको पासपोर्ट रद्द गर्ने र उनलाई ल्याउने र कारकाहीको दायरामा प्रस्तुत गर्ने प्रकृया अगाडि बढेको छ । यद्यपि उनलाई नेपाल ल्याइसकिएको छैन,’– उनले भने ।
साथै, संसदीय विशेष समितिका केही सदस्यहरुले आफ्नो कर्तव्यबोध नै नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उक्त समितिमा पाँच दलका सात जना सदस्य रहेको र सर्वसम्मतिमा प्रतिवेदन पास भएको बताउँदै उनले सो प्रतिवेदन कुनै व्यक्ति केन्द्रीत भयो भन्नु शोभनीय नहुने बताए ।
‘यो प्रतिवेदन आएपछि केही मान्छेहरुमा कर्तव्य बोधको समस्या देखापरेको छ । समितिमा हामी पाँच पार्टीका सात जना थियौं । सातै जनाको सर्वसम्मतिमा त्यो प्रतिवेदन तयार भएको हो । अहिले प्रतिवेदन एक जना व्यक्तिमाथि केन्द्रीत भयो भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो तुवाँलो सिर्जना गर्ने काम भएको छ,’– उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको उनको भनाइ छ ।
प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । रास्वपाले सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु अनैतिक, अराजनीतिक र गैरजिम्मेवार रहेको उनले बताए । उनले सरकारले कसैप्रति पनि प्रतिशोध नसाँधेको जिकिर गरे ।
‘प्रतिवेदन कार्यान्वयन गर्न आफैं ताली बजाएर निर्देशन दिने । अनि प्रतिवेदन कार्यान्वयन गरिरहँदा ठाउँ–ठाउँमा जुलुस प्रदर्शन गरेर अवरोध गर्ने । यो चाहीँ अनैतिक, अराजनीतिक र गैरजिम्मेवार तरिकाले गर्दा यो अनुसन्धानको काममा केही ढिलो भयो । अदालतले अनुमति दिएर पक्राउ पुर्जी जारी भएको छ । म्याद थप भएको छ,’– थापाले भने ।
कानुनले तोकेको समयसीमाभित्र सरकारी वकिलकोे तर्फबाट प्रहरी अनुसन्धानमा आधारित भएर अदालतमा अभियोग जाने र त्यसपछि को ठग हो कि होईन भनेर अदालतले नै निर्क्यौल गर्ने उनको भनाइ छ । ‘बाँकी कुरा को ठग हो, को होईन, को दोषी हो हाईन ? अदालतले प्रमाणका आधारमा निर्णय गर्छ । कसैका भावना, हाँसो र आँसुको आधारमा होईन, अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ । तथ्य प्रमाणले पुष्टि गरे ठग हुन्छ, होईन भने छुट्छ,’– रास्वपा सभापति लामिछानेलक्षित गर्दै थापाले भने ।
FACEBOOK COMMENTS