काठमाडाैं । ‘राजीनामा दिनुको अर्थ यो विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्नका लागि हो ।’
उनले विवादास्पद अडियोमा बोलेका आवाज वास्तविक हुन् कि प्रविधिको कमाल हो भन्नेबारे पनि छानबिन हुनुपर्ने बताए । ‘विवादास्पद अडियोको आवाजमा को–को संलग्न छन् रु ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल ? राज्यका अनुसन्धान निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ,’ उनले भनेका छन् ।
थापाले दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुनेमा जोड दिएका छन् । ‘दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन,’ उनले भनेका छन्, ‘झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन ।’
राजीनामा मात्रै भएर विवाद सेलाउन नदिई सत्य तथ्य पत्ता लगाएर सुशासनको प्रत्याभूति गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS