काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
पुस ७ गतेबाट सूर्यज्योति इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार सुरुवात गर्ने भएका हुन् ।
डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनको लागि बिहान ६ गतेदेखि सम्पूर्ण सेवासमेत अवरुद्ध हुने कम्पनीले जानकारी दिएको छ ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच गत असार १२ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता अनुपातमा मर्जरमा गएका हुन् ।
FACEBOOK COMMENTS