काठमाडौं । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालय ध्वस्त पारिएको अवस्थामा अब नियुक्त हुने अन्तरिम प्रधानमन्त्री बसेर शासन गर्ने ठाउँको अभाव छ ।
यद्यपि, आज वा भोलिसम्म नियुक्त हुने प्रधानमन्त्रीका लागि कार्यालय व्यवस्थापनको काम पनि धमाधम अघि बढाइएको छ ।
स्रोतका अनुसार नयाँ नियुक्त हुने अन्तरिम सरकारका प्रधानमन्त्रीको कार्यकक्ष गृह मन्त्रालयको नयाँ भवनमा राखिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न सचिवहरुले तत्कालका लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरेको बताइएको छ ।
प्रधानमन्त्रीको कार्यालय राख्ने भनिएको गृहको नयाँ भवन भने फिनिसिङ हुन बाँकी छ ।
त्यसअघि उनीहरूले आगजनीबाट क्षति भएको सिंहदरबारभित्रका भौतिक संरचनाको अवलोकन गरेका थिए । सिंहदरबारको ८०% भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष उनीहरूले निकालेका छन् ।
प्रधानमन्त्री प्रस्तावित कार्की पछि हट्ने सङ्केत, भन्छिन्– हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन
FACEBOOK COMMENTS