काठमाडौं । नेपालको पहिलो महिला प्रधानन्यायाधीश भन्नसाथ सुशीला कार्कीको नाम आउने गर्छ ।
कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्वको रुपमा चिनिन्छ । उनी नेपालको सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश हुन् । उनी २०७३ साल वैशाख ११ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भइन् ।
सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो ।भारतको बनारस हिन्दू विश्वविद्यालय बाट राजनीतिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । उनले कानुनको अध्ययन गरेकी छिन् । शिक्षण पेशामा केही समय बिताइसकेपछि उनी कानुन व्यवसायतर्फ प्रवेश गरिन् ।
कार्कीले वकिलको रूपमा आफ्नो यात्रा सुरु गरेर २०४९ सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । करिब दुई दशक लामो न्यायिक सेवापछि २०७० सालमा सर्वोच्च अदालतको न्यायाधीश र पछि प्रधानन्यायाधीश बनिन् ।
२०७३ सालमा प्रधानन्यायाधीशको पद सम्हालेकी कार्कीले इमानदार छवि, कडा निर्णय र निष्पक्षताका लागि चर्चा कायमै राखिन् ।
उनले भ्रष्टाचार, सुशासन, मानवअधिकार लगायतका मुद्दामा साहसिक र ऐतिहासिक फैसलाहरू गरिन् । उनका निर्णयहरूले राज्यको नीतिगत तथा प्रशासनिक संरचनामा गहिरो प्रभाव पारेका छन् ।
उनी न्यायालयभित्र मात्र होइन, देशको राजनीतिक संक्रमणकालीन यात्रामा समेत प्रभावशाली न्यायाधीशका रूपमा स्मरण गरिन्छ ।
उनको कार्यकाल करिब १० महिनामात्रै थियो, तर त्यो छोटो अवधिमा पनि उनले न्यायपालिकालाई बलियो र विश्वासिलो बनाउन योगदान गरिन् । उनको कार्यकालमा संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । जुन निकै विवादास्पद मानिन्छ । तर उनको कडा र निष्पक्ष स्वभावकै कारण धेरैले उनलाई समर्थन गरेका थिए।
कार्की केवल न्यायाधीश मात्र होइन, महिला सशक्तीकरणको प्रतीक पनि हुन् । कार्कीका प्रमुख फैसला र योगदानमा भ्रष्टाचारविरुद्धको कठोर निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध मुद्दामा साहसी निर्णय थिए ।
उक्त फैसलाले नेपालको न्यायिक इतिहासमा ठूलो चर्चा पायो र उनलाई “कडा न्यायाधीश” को रुपमा चिनियो। मानवअधिकारसम्बन्धी फैसला, राज्यद्वारा हुने मानवअधिकार उल्लंघनमाथि उनी सधैं कठोर थिइन् ।
बेपत्ता पारिएका, द्वन्द्वकालका पीडितहरू र न्यायबाट वञ्चित वर्गलाई सम्बोधन गर्ने विषयमा उनले महत्त्वपूर्ण आदेश दिइन् । मन्त्रालय, सरकारी निकाय र सार्वजनिक पदधारीहरूलाई कानुनअनुसार जवाफदेही बनाउन उनले महत्वपूर्ण फैसला गरिन् । राजनीतिक हस्तक्षेपविरुद्धको भूमिका, न्यायपालिकामा हुने राजनीतिक दबाब र हस्तक्षेपलाई उनले खुलेर अस्वीकार गरिन् । उनकै कारण धेरै मुद्दाहरूमा निष्पक्ष र साहसी निर्णय सम्भवभयो ।
सुशीला कार्की केवल नेपालकी पहिलो महिला प्रधान न्यायाधीश मात्र होइनन्, उनी साहसी, निष्पक्ष र न्यायप्रिय व्यक्तित्वको प्रतिमूर्ति मानिन्छिन् । छोटो कार्यकाल भए पनि उहाँको न्यायिक योगदान, भ्रष्टाचारविरुद्धको लडाइँ र महिला सशक्तीकरणको प्रेरणाले उनलाई सदैव स्मरणीय बनाएको छ । जेनजीले गरेको आन्दोलनपछि प्रधानमन्त्रीमा धेरैले कार्कीलाई रुचाएका छन् ।
FACEBOOK COMMENTS