काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछिन् ।
प्रधानमन्त्री कार्कीले आज ४ बजे तीन दलका शीर्षनेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्ता आसन्न निर्वाचनमा केन्द्रीत हुने बताइएको छ ।
यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
FACEBOOK COMMENTS