काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धको सङ्कटप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
आगामी बिहीबार हुने आम निर्वाचन २०८२ को पूर्वसन्ध्यामा देशवासीको नाममा सम्बोधन गर्दै उनले इरान वरपरको विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएकी हुन् ।
परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको र सम्बन्धित नियोगहरूलाई सक्रिय बनाइएको उल्लेख गर्दै उनले भनिन् ‘नेपाली जहाँ रहे पनि सरकारले सुरक्षामा कुनै कमी हुन दिने छैन ।’
FACEBOOK COMMENTS