काठमाडौं । जेनजी समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जिम्मेवारी सम्हाल्न अनिच्छा देखाउनसक्ने सङ्केत गरेकी छिन् ।
अन्तरिम सरकार गठनमा भइरहेको ढिलाइबीच उनले यस्तो सङ्केत गरेकी हुन् ।
जेन्जीले प्रस्ताव गरेको कार्कीलाई अन्तरिम सरकारको जिम्मेवारी दिने विषयमा राष्ट्रपति रामचनद्र पौडेलदेखि प्रमुख दलका नेताहरूलेसमेत सहमति जनाइसकेका छन् । तर, भ्रष्टाचार र आन्दोलनमा भएको दमनविरुद्ध छानबिन गर्न दलका नेताहरूको असहमति जनाएका कारण कार्कीले जिम्मेवारी नसम्हाल्ने सम्भावना बढ्न थालेको हो ।
भ्रष्टाचार र आन्दोलनमा भएको दमनविरुद्ध छानबिन गर्ने विषयमा दलहरूले सहमति नजनाएका कारण सरकार गठनमा समेत ढिलाइ भइरहेको बताइएको छ । छानबिन आयोग गठन गर्दा जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउन सक्ने भएकाले यसलाई अस्वीकार गरिएको स्रोतको दाबी छ ।
यद्यपि, यी सबै विषयमा समाधान खोज्न आज दिउँसो २ बजे शीतल निवासमा बैठक आयोजना गरिएको छ । प्राप्त सूचना अनुसार सो बैठकको मध्यस्तता गरिरहेका नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल यतिबेला शीतल निवास पुगिसकेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवास गए प्रधान सेनापति सिग्देल
FACEBOOK COMMENTS