काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइते युवाहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।
शुक्रबार हिजो राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की अबको केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै उहाँले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
आन्दोलनको क्रममा कोटेश्वरका केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS