काठमाडौं । जेन्जी आन्दोलनको परिणामस्वरुप गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले शुभकामना र सुझावहरू दिइरहेका छन् ।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामनाका साथै केही सुझाव दिन खोजिरहेका छन् । तर, प्रधानमन्त्री कार्कीले टेलिफोन नै नउठाएपछि गुनासो व्यक्त गरेका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीसँग फोनमा पनि सम्पर्क नभएको र अन्य व्यक्तिहरूमार्फत गरिएको प्रयत्न पनि सफल नभएको बताएका छन् । श्रेष्ठले फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि सामाजिक सञ्जालको माध्यममार्फत प्रधानमन्त्री कार्कीलाई केही महत्वपूर्ण सुझावहरू दिएका छन् ।
यस्ता छन् उनका सुझावहरू–
१. तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवम् क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।
२. तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यत: घोषित मितिमा स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।
३. भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोषीहरुमाथि कारबाही गर्नुस् ।
४. ध्वंश गरिएका संरचनाहरुको पुन:निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
५. भ्रष्टाचारविरुद्ध हाम्रो सरकारले थालेका कारबाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।
६. प्रतिनिधिसभा नरहेको अवस्थामा सङ्घीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।
FACEBOOK COMMENTS