काठमाडौं । एक कार्यक्रमका विच बरिष्ठ सौन्दर्यविद सुषमा महराद्धरा भिक्टोरिया ब्युटि सलुनको उद्घाटन भएको छ । सौन्दर्य क्षेत्रमा लामो अनुभब संगालि सकेकी चन्द्रकला राईले कपनमा यो सैलुन संचालनमा ल्याएकी हुन् । भिक्टोरिया ब्युटि सलुनमा लेडिज जेन्स दुबैलाई सर्भिस दिईने संचालक राईले बताएकी छन् ।
सौन्दर्यविद महराले सैलुनको उद्घाटन गर्दै महिला दिदि बहिनिहरुले आफ्नो ब्यवसाय संचालन गर्नु राष्ट्रकै लागि ईकोनोमिकमा टेवा पुग्ने कुरा भएको जानकारी दिएकी छन् । त्यसमा पनि ब्युटि पार्लर भनेको आफुले मात्र काम गर्ने हैन अरु दिदि बहिनिहरुलाई पनि रोजगारी श्रृजना गर्ने ब्यवसाय हो । त्यसैले राईले महिला सशक्तीकरणमा यौटा ईटा थपेकोमा राईलाई बधाई दिएकी छन् ।
हालका लागी भिक्टोरिया ब्युटि सलुनले आउने ग्राहकहरुको लागि ओपनिङ अफर समेत राखिएको छ । ग्रहकहरुले सबै सुविधामा ३५ प्रतिसत छुट पाउने भिक्टोरिया ब्युटि सलुनका प्रोप्राइटर राईले बताइन् ।
यो सलुन कपनको ह्यान्डबलग्राउण्डमा रहेको छ ।
FACEBOOK COMMENTS