काठमाडौं । फेसियल हाउसकी प्रवन्धक तथा वरिष्ट सौन्दर्यविद सुष्मा महराले तीज आउने बित्तिकै महिलाहरू व्यस्त हुने गरेको बताएकी छिन् ।
नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले आयोजना गरेको ‘महिला सशक्तीकरण विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘ महिलाहरु तीज आउने बित्तिकै व्यस्त हुन्छन् । एक दिन भोकै बसेर रोगी भइने पनि होइन । श्रीमानले श्रीमतीको पुजा गरेपनि हुन्छ । तर, ३६५ दिनमा श्रीमानलाई शिव मानेर पुजा गर्ने हिजोका परम्परालाई जोगाउनुपर्छ ।’
उनले फरक प्रसङ्गमा गृहका कर्मचारीले अनहाकमा सुरक्षामा राखिएको सीसीटीभीलाई विवाद बनाई गृह प्रशासननै लगाएर व्यवसाय नै सकाउन खोजेको तीतो अनुभव सुनाइन् । उनले आफू् पनि श्रम गर्ने र अरु दिदीबहिनीहरूलाई पनि रोजगार प्रदान गर्दै आएकोमा किन राज्यले नै गिद्दे नजर लगाएको बुझ्न नसकेको बताइन् ।
FACEBOOK COMMENTS