![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालको नम्बर वान ब्युटी शैलुन फेसियल हाउसकी सञ्चालिका एवम् प्रबन्ध निर्देशक सुष्मा महरा यो वर्षकै उत्कृष्ट महिला उद्यमी बन्न सफल भएकी छिन् ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंकी सचिव समेत रहेकी वरिष्ठ सौन्दर्यविद (ब्युटिसियन) महरालाई फोकस नेपालले यो वर्षको उत्कृष्ट महिला उद्यमी घोषणा गर्दै सम्मान समेत गरेको छ ।
आज शनिबार फोकस नेपालले जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरूको भूमिका’ विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले महरालाई सम्मान गरेका हुन् । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्धप्रतिष्ठित र विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
FACEBOOK COMMENTS