काठमाडौं, ६ असोज । वरिष्ठ सौन्दर्यविद् एवम् नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्धक सुष्मा महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव पदमा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार काठमाडौंको होटेल अलफ्टमा सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले महरालाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि सोही कमिटीको कोषाध्यक्ष पदमा रहेर काम गरिरहेकी महरालाई सर्वसम्मत सचिव चयन गरिएको हो । विगत १५ वर्र्षदेखि ब्युटी सलुनको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएकी महरा संघसंस्थाहरूमा बसेर काम गर्न पनि उत्तिकै क्षमता राख्दछिन् । सोही क्षमताको कदर गर्दै संघले सचिव पदमा उनको नाम सर्वसम्मत चयन गरेको हो ।
विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित महराले आफ्नो व्यवसायबाट प्रत्यक्ष र परोक्ष गरी हजारौँलाई रोजगारी दिन सफल छिन् भने राष्ट्रको आर्थिक विकासमा समेत उनले योगदान गर्दै आएकी छिन् । काठमाडौंको काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौं उपत्यका र उपत्यकाबाहि समेत आफ्नो आउटलेट सञ्चालन गर्दै आएको छ भने थप आउटलेट सञ्चालनको तयारी समेत गरेको छ । हाल काठमाडौंको सीटीसी मल, चाबहिलस्थित गणेशस्थान, चाबहिलकै केएल टावर, कास्कीको पोखरा ट्रेडमल, धनगढीको चौरहा र सुर्खेतको वीरेन्द्रनगरमा फेसियल हाउसको आउटलेट सञ्चालनमा छन् । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’को नारा लिएर अघि बढेको फेसियल हाउसमा महिला र पुरुष दुबैका लागि सेवा उपलब्ध रहेको प्रबन्धक महरा बताउँछिन् ।
को–को छन् उद्योग वाणिज्य संघ काठमाडौंको नयाँ कार्यसमितिमा ? नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुन: दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा जय शिवाकोटी, राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी, महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा वरिष्ठ सौन्दर्यविद सुष्मा महरा तथा कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध भएका छन्
। सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र सङ्ग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीश श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS