काठमाडौंमा ‘कोहिनूर युनिसेक्स ब्यूटी सलुन एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले एक कार्यक्रमबीच सलुनको उद्घाटन गरेकी हुन्। कल्पना शाहीले उक्त सलुन सञ्चालनमा ल्याएकी हुन्।
उद्घाटनपछि मन्तव्य राख्दै वरिष्ठ सौन्दर्यविद् महराले नेपालगञ्जबाट काठमाडौं आएर सौन्दर्य व्यवसायमा संलग्न हुनु महिला उद्यमीका लागि गौरवपूर्ण र साहसिक कदम भएको बताइन्।
उनले नेपालमा बेरोजगारीको समस्या न्यूनीकरण गर्न महिला उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्ने विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्ने बताइन्।
चाबहिल–७, गणेशस्थानमा रहेको कोहिनूर युनिसेक्स ब्यूटी सलुन एन्ड ट्रेनिङ सेन्टरमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा तथा तालिम उपलब्ध हुने जनाइएको छ।
सलुनको प्रमोशन पार्टनरका रूपमा सुकुमाया घर्तीमगर (प्यारी) रहेकी छन्।