काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्सलाई प्रारम्भिक चरणको स्तन क्यान्सर देखिएको जानकारी दिएका छन् ।
ट्रम्पले वाइल्सलाई स्तन क्यान्सर देखिएको जानकारी दिदै उनले उपचारकै क्रममा पनि काम जारी राख्ने बताएका छन् । उनले वाइल्सलाई विश्वसनीय सल्लाहकार भन्दै उनको छिटो स्वास्थ्यलाभको कामना गरेका छन् ।
ट्रम्पका अनुसार वाइल्सले रोग पत्ता लागेपछि तुरुन्त उपचार सुरु गर्ने निर्णय लिएकी छन् र आवश्यक चिकित्सकीय तयारी अघि बढाइसकेकी छन् । उनको उपचारमा अनुभवी चिकित्सक टोलीको साथ रहेको पनि उनले बताएका छन् ।
उपचारका बीचमा पनि वाइल्सले अधिकांश समय ह्वाइट हाउसमै रहेर काम गर्ने जनाइएको छ । ट्रम्पले उनलाई आफ्नो प्रशासनको महत्वपूर्ण सदस्य र मुख्य सल्लाहकारमध्ये एक भएको उल्लेख गरेका छन् ।
यसैबीच ट्रम्पले आफू र मेलानिया वाइल्सको उपचार अवधिभर साथमा रहने बताएका छन् ।

FACEBOOK COMMENTS