काठमाडौं । हुन्डाईको एसयूभी क्रेटा नेपालमा बनेको छ ।
हुन्डाई र यसको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले निर्माण गरेको एसेम्बल प्लान्टमा यो कार बनाएको हो ।
यसअघि भेन्यु कार बनाइरहेको कम्पनीले एसयूभी क्रेटा पनि बनाउन लागेको हो । एसयूभी क्रेटा नेपालमा बनेपछि यसको मूल्य करिब ९ लाख रूपैयाँ सस्तो पर्ने बनाइएको छ ।
लक्ष्मी समूह नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS