काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सका दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ ।
पर्ल फ्रेश ब्लू ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेशियर सेतो मेटालिक म्याट स्टेलर ब्लू भी–स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको हो ।
जसले मिश्रित सडक अवस्थामा करिब ४० किलोमिटर प्रतिलिटरको प्रभावशाली माइलेज प्रदान गर्ने जनाएको छ । यो मोटरसाइकल बहुउपयोगिता लक्षित गरी निर्माण गरिएको हो । जसले हल्का अफ–रोड, ग्राभेल तथा असमान बाटोहरू सजिलै सामना गर्न सक्ने जनाएको छ ।
सानो सीट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफ–रोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिने तथा असहज अनुभव दिने भए पनि,भी–स्ट्रोम एसएक्सले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्ने जनाएको छ । यसले शहरदेखि लामो टुरसम्म—नेपालका विविध सडक अवस्थाका लागि यस मोटरसाइकललाई एक आदर्श विकल्प रुपमा हेरिएको छ ।
तस्बिरमा हेर्नुस्-







FACEBOOK COMMENTS