काठमाडौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै धेरै सुविधाहरू (मोस्ट फिचर लोडेड) भएको नयाँ एसयूभी ‘भिक्टोरिस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि विजेता यो गाडीमा भविष्यमुखी डिजाइन, विलासी आराम र अत्याधुनिक प्रविधिको उत्कृष्ट संगम रहेको कम्पनीले जनाएको छ ।नयाँ भिक्टोरिसमा स्ट्रङ हाइब्रिड, ४ह४ अल ग्रिप सेलेक्ट र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् ।
म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा पाइने यो गाडीमा सुरक्षाका लागि अत्याधुनिक रोड अवेरनेस सिस्टम जडान गरिएको छ । यसमा भेन्टिलेटेड सिट, वायरलेस चार्जर र १० वटा आकर्षक रङहरू उपलब्ध हुनुका साथै यो गाडीले प्रतिलिटर २८.६५ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ ।
FACEBOOK COMMENTS