काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
१२ दशमलव ३५ प्रतिशत बोनस शेयरमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
आज बिहीबारको अन्तिमा कारोबार मूल्य ७२० रुपैयाँ १० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
समायोजन पश्चात संस्थाको शेयर मूल्य ६४० रुपैयाँ ८९ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आगामी आइतबार यसको कारोबार खुला हुने छ ।
समायोजनअघि कम्पनीको शेयर प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।
संस्थाले लाभांश प्रस्ताव पारित गर्न आगामी पुस ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
FACEBOOK COMMENTS