काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले राजसंस्था पुनर्स्थापनाका लागि सुरू गरिएको जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको स्पष्ट पारेको छ ।
आन्दोलन सुरू भएकै दिन प्रहरीको दमन झेल्नुपरेको भन्दै समितिले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि प्रकारको दमन नगर्न आग्रह गरेको छ ।
शुक्रबार साँझ समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको स्पष्ट गर्दछौँ । तर, सरकारले लिने दमनपूर्ण नीति र घुसपैठियाहरूमार्फत सञ्चालन गरिने प्रतिकारात्मक गतिविधिका विरुद्ध यो आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने तथ्य पनि चेतावनीपूर्ण रूपमा जानकारी दिन चाहान्छौँ ।’
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS