काठमाडौं । अधिवक्ता स्वागत नेपालले सरकारबारे टिप्पणी गरेका कारण आफूलाई पक्राउ गर्न लागिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा हिजो सोमबार साँझ लाइभमा आउँदै उनले अन्तरिम सरकारकी प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नैतिकतामाथि प्रश्न उठाएका कारण प्रहरीको साइबर ब्यूरोबाट आफूलाई फोन आएको बताएका छन् ।
साइबर ब्यूरोका प्रहरी अधिकारीका अनुसार ‘अनर्गल’ बोलेको भन्दै ब्यूरोमा नेपालविरुद्ध उजुरी परेकाले उनलाई सोधपुछका लागि बोलाइएको हो ।
ब्यूरोबाट फोन गरेका प्रहरी अधिकारीले आफूलाई तिहार मनाएर आउने वा अहिले आउने भनेर सोध्दा नेपालले तिहारपछि उपस्थित हुने जानकारी गराएको र ब्यूरोबाट पनि तिहार सकेर उपस्थित हुन भनिएको भिडिओमा बताएका छन् ।
यसैबीच, आज मङ्गलबार बिहान फेसबूकमै अर्को पोष्ट गर्दै अधिवक्ता नेपालले आफूलाई साइबर ब्यूरोबाट आएको फोनको स्क्रीनशटसहित विवरण सार्वजनिक गरेका छन् ।
FACEBOOK COMMENTS