काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राप्रपा नेपालबाट झापा-२ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सोमबार राप्रपाको तर्फबाट झापा-२ का लागि राप्रपा केन्द्रीय कार्यालयमा उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
स्वागत नेपाल गत निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार बन्दै नेकपा एमालेका देवराज घिमिरेसँग पराजित भएका थिए । दोस्रो स्थानमा रहदै उनले २६ हजार ४५५ मत प्राप्त गरेका थिए भने उनी २२६१ मत अन्तरले पराजित भएका थिए ।
FACEBOOK COMMENTS