काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।
नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको बताइएको छ । यद्यपि, उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको भनेर प्रहरीले खुलाएको छैन ।
स्रोतका अनुसार उनलाई प्रहरीले बुधबारै टेलिफोन गरेर उपस्थित हुन भनेको थियो ।
FACEBOOK COMMENTS