स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको बागडोर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन् ।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्थ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।