काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भन्सार विभाग पुगेका छन् ।
त्यस क्रममा उनले अनुगमन तथा ब्रिफिङ लिँदै विभागका कर्मचारीहरुलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । राजस्व सङ्कलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि उनले बताए ।
राजस्व सङ्कलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताए । सो क्रममा अर्थमन्त्री वाग्लेले विभागमा रहेको भन्सार ल्यावको पनि अनुगमन गरेका छन् ।
FACEBOOK COMMENTS