![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
तनहुँ । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ ।
उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए ।
प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS