काठमाडौं, असोज २३ : स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९४ करोड ३० लाखबाट बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत गरी ६ प्रतिशत (५ करोड ८० लाख ६५ हजार रुपैयाँ) नगद लाभांश र १९ प्रतिशत (१७ लाख ९१ लाख ७० हजार) बोनस सेयर दिने निर्णय गरेको कम्पनी सचिव अवधेशप्रसाद पन्तले जानकारी दिए।
नेपाल राष्ट्र बैंकको स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ।