काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई सपथग्रहण गराउँदैछन् ।
रास्वपाको अत्यधिक बहुमत रहेको प्रतिनिधिसभा आज नौलो देखिएको छ । सभाहलको आधाभन्दा ठूलो हिस्सा रास्वपा सांसदहरुले कब्जा गरेका छन् ।
उनीहरु बैठक कक्षको दुईवटा ‘रो’ ओगटेर बसेका छन् । परम्परागत ठूला दलहरु कांग्रेस, एमाले र नेकपा एउटै ‘रो’ मा खुम्चिएका छन् ।
प्रतिपक्षी लहरको सबैभन्दा अगाडिको सिटमा नेकपा संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष बादल सँगसँगै छन् । उनीहरु पूर्वसहयोद्धा हुन् ।
दुवै राष्ट्रिय पोशाकमा छन् । उनीहरुसँगै कांग्रेसका दुई सांसद छन् । तेस्रो ‘रो’ मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै छन् ।
आजको बैठकमा प्राय सांसदहरुले राष्ट्रिय पोशाक लगाएका छन् ।

केही सांसदले जातीय र सांस्कृतिक पहिरन लगाएर आएका छन् । रास्वपाको ‘रो’ मा सबैभन्दा पहिलो लहरमा सभापति रवि लामिछाने र त्यसपछि बालेन साह छन् । उनीहरुसँगै पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले बसेका छन् । अर्को ‘रो’ को नेतृत्व महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन् ।

FACEBOOK COMMENTS