काठमाडाैं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् ।
धनराजले ५ हजार ९८७ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत पाएकी छन् । निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको हो ।
बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो । निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।
स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
उता, बाजुरामा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो ।
नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ ।
बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।
FACEBOOK COMMENTS