काठमाडौं । नबिल बैंकको प्राविधिक प्रणालीमा गरिएको आवश्यक सुधार तथा अपग्रेडपछि सम्पूर्ण बैंकिङ सेवाहरू पुन: नियमित रूपमा सञ्चालनमा आएका छन्।
बैंकले सूचना जारी गर्दै आफ्ना सबै सेवाहरू पूर्ववत् रूपमा सुचारु भएको जानकारी दिएको हो।
प्रविधिगत सुरक्षा सम्बन्धी संवेदनशीलतालाई मध्यनजर गर्दै जोखिम मूल्याङ्कन तथा आवश्यक प्राविधिक सुधारका कार्यहरू सम्पन्न गरिएको बैंकले जनाएको छ ।
सुधार कार्य सम्पन्न भएसँगै रोकिएका तथा प्रभावित भएका सम्पूर्ण बैंकिङ सेवाहरू पूर्ण रूपमा नियमित सञ्चालनमा आइसकेका छन्।
यसअघि बैंकले एनबैंक माइक्रोसाइट, जेनअल्फा एप डेबिट कार्ड रिक्वेस्ट, क्रेडिट कार्ड रिक्वेस्ट, मुद्दती खाता धितोमा ऋण लिने प्रणाली लगायत सेवाहरू बन्द गरेको थियो ।
