काठमाडौँ । अफगानिस्तानका स्टार स्पिनर रशिद खानले टी– २० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । रशिदले टी– २० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् ।
जारी टी–२० विश्वकपमा युएईविरुद्धको आजको खेलमा एक विकेट लिएसँगै रशिदले आफ्नो क्यारियरमा टी–२० मा ७०० विकेट पुरा गरेका हुन् ।
रशिदले विश्वकप शुरु हुनु अघि करिब ९–१० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामै टी–२० मा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्ने अवसर आफ्नो लागि सपनाभन्दा ठूलो उपलब्धि भएको उनले बताएका थिए । उनले कहिल्यै आफ्ना विकेट नगनेको बताउदै मिडियाबाटै ४००, ५००, ६०० पुगेको थाहा पाएको बताएका थिए ।
उनले आफू सधैं टोलीका लागि कठिन परिस्थितिमा बलिङ गर्न चाहने र त्यही लक्ष्यले केन्द्रित बनाएको बताएका थिए ।
रशिदले अफगानिस्तानको राष्ट्रिय टिमबाट खेल्दै १९१ विकेट लिएका छन् भने बाँकी विकेट विश्वभरका फ्रेन्चाइज खेलमा लिएका हुन् । उनले आइपिएलमा १५८ विकेट लिएका छन् भने बिग बाश लिगमा ९८ विकेट लिएका छन् । त्यसैगरी पीएसएलमा ४४, हन्ड्रेडमा ३६ र भिटालिटी बलाष्टमा ३४ विकेट लिएका छन् । उनी विश्वभरका टी–२० लिग खेल्ने गर्दछन ।

टी–२० क्रिकेटमा रशिदपछि धेरै विकेट लिने खेलाडीमा वेस्ट इण्डिजका डवाने ब्राभोल;ए ६३१, सुनिल नारनले ६१३, पाकिस्तानका इमरान ताहिरले ५७२, वेस्ट इण्डिजका आन्द्रे रासेलले ५०८ विकेट लिएका छन् ।

FACEBOOK COMMENTS