काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाललाई जापानले १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले उक्त लक्ष्य पाएको हो ।
निर्धारित २० ओभरको खेलमा आठ वीकेट गुमाउँदै जापानले १३१ रन बनाएको छ ।
यद्यपि, यी दुवै टीमले एक खेलअगावै सुपर–६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर–२ मा २ अंक लिएर जानेछ ।
FACEBOOK COMMENTS