टि २० क्रिकेट विश्वकप आजबाट सुरु भएको छ। अष्ट्रेलियामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको छ।
उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका १९ औ ओभरमा अल आउट हुदै १०८ रन मै सिमित भएको हो । नामिबियाले श्रीलंकामाथि ऐतिहासिक जित हासिल गरेको हो ।
आजबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई र नेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् ।
दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।
FACEBOOK COMMENTS