काठमाडाैं । टी-२० विश्वकप २०२२ को उपाधी इंग्ल्याण्ड (बेलायत) ले जितेकाे छ । पाकिस्तानलाई ५ विकेटले हराउँदै बेलायतले उपाधी कब्जा गरेकाे हाे ।
फाइनल खेलमा पाकिस्तानले इंग्ल्याण्डलाइ १३८ रकनकाे चुनाैती दिएकाे थियाे । टस हारेर ब्याटिंगकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएकाे थियाे।
पाकिस्तानकाे तर्फबाट सान मसुदले सर्बाधिक ३८ रन बनाए । त्यस्तै क्याप्टेन बबर अजमले ३२, सादव खानले २० र माेहम्मद रिवाजले १५ रन बनाए ।
इंग्ल्याण्डका सम करनले ३ र अलिद रसिद र क्रिस जाेर्डनले समान २\२ विकेट लिए । त्यसैगरी बेन स्टक्सले १ विकेट लिए ।
अष्ट्रेलियाको मेलबर्न मैदानमा भएकाे फाइनलमा १३८ रकनकाे चुनाैती पछ्याएकाे बेलायतले ६ बल बाँकी हुदै जित हासिल गर्याे ।
खेलमा बेलायतका बेन स्टक्सले अर्धशतकिय पारी खेलेर जित दिलाए । उनले ४९ बलमा ५२ रन बनाए । त्यसैगरी क्याप्टेन जाेस बट्लरले १७ बलमा २६ रन बनाए ।
पाकिस्तानका हरिस रउफले २ तथा सहिन साह अर्फिदि, सादव खान र माेहम्मद वासिमले समान १/१ विकेट लिए ।
यससँगै बेलायतले टि२० विश्वकपकाे दाेस्राे पटक उपाधी हात पारेकाे हाे । सन २०१० मा पनि बेलायतले टि२० विश्वकपकाे उपाधी जितेकाे थियाे भने यस अघि सन् २०२१ मा ५० ओभरको विश्वकप पनि जितेको थियो ।
इंग्ल्याण्डले बिहीबार भारतलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने बुधबार पाकिस्तानले न्युजिल्यान्डलाई हराएर फाइनल प्रवेश गरेकाे थियाे।
इंग्ल्याण्डले भारतलाई १० विकेटको पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे । पाकिस्तानले पनि गत वर्षकाे टी–२० विश्वकपमा भारतलाइ १० विकेटले हराएकाे थियाे ।
सेमिफाइनलमा भने पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराएकाे थियाे ।
FACEBOOK COMMENTS