काठमाडौं । भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको छ ।
बुधबार क्यानबेरामा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ९.४ ओभरमा एक विकेट गुमाउदै ९७ रन बनाएपछि बर्षका कारण खेल हुन नसकेको हो । यसअघि बर्षाका कारण खेललाई १८–१८ ओभरमा घटाइएको थियो । वर्षाले खेल दुई पटक अवरोध गरेको थियो । पहिलो पटक पाँच ओभर सकिएपछि खेल रोकिएको थियो, तर दुई ओभर काटेर पुन: सुरु गरिएको थियो । खेल पुन: सुरु हुँदा १८ ओभरको खेल खेल्ने निर्णय गरिएको थियो ।
५ खेलको सिरिजको पहिलो खेल रद्ध भएपछि अब दोस्रो खेल शुक्रबार मेलवर्नमा हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS