काठमाडौं । टी–२० विश्वकप अन्तर्गत चौंथो खेलमा अफगानिस्तान र न्यूजिल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । चेन्नईको एमए चिदम्बरमा मैदानमा जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो । उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए ।
यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए । बलिङतर्फ न्यूजिल्यान्डका लोकी फग्र्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।

FACEBOOK COMMENTS